नेपाललाई २ खर्ब २ अर्बको अन्तर्राष्ट्रिय विकास सहायताको प्रतिवद्धता
काठमाडौँ ६ असार । नेपाल सरकारलाई चालु आर्थिक वर्षको १० महिनामा २ खर्ब २ अर्ब बढीको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिवद्धता भएको छ । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउन देखि बैशाख सम्ममा विभिन्न मुलुक तथा दातृ निकायहरु मार्फत सरकारले कुल २ खर्ब २ अर्ब २८ करोड विकास सहायता प्राप्त गर्ने भएको हो ।
अर्थमन्त्रालयको अनुसार यो सहायता गत आर्थिक वर्ष २०७६/७७ भन्दा पनि ३५.३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षका लागि सोही अवधिमा सरकारले कुल १ खर्ब ४९ अर्ब ५० करोड पाएको थियो ।उक्त प्रतिवद्धतामध्ये अनुदान सहायता तर्फ १०.९ प्रतिशत र ऋण सहायता तर्फ अधिकतम ८९.१ प्रतिशत रहेको समेत मन्त्रालयले जनाएको छ । यस्तो सहायता गत वर्ष क्रमशः १४.३ प्रतिशत र ८५.७ प्रतिशत रहेको थियो ।
त्यस्तै चालु आर्थिक वर्षको बैशाख महिनासम्मको वैदेशिक सहायता प्रतिवद्धतामा द्धिपक्षीय र बहुपक्षीय सहायताको हिस्सा क्रमशः ४.७ प्रतिशत र ९५.३ प्रतिशत रहेको समेत मन्त्रालयले जनाएको छ ।