image
image

सर्वोच्चद्वारा ५१ कम्पनीको नाम सार्वजनिक मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ  ६ असार ।नेपाल धितोपत्र बोर्डविरुद्ध परेको ५१ कम्पनीको नाम सार्वजनिक मुद्दाको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार महान्याधिवक्ता डा.कुमार चुडालको एकल इजलासले बोर्डमाथि कारण देखाउ अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।


अधिवक्ता रविन बोहजुसमेतले गत जेठ २८ गते धितोपत्र बोर्डले ५१ कम्पनीको लगानी जोखिमयुक्त भएको भन्दै जारी गरेको सूचना विरुद्ध सर्वोच्चमा कारण देखाउ रिट दायर गर्दै अन्तरिम आदेश माग गरेका थिए ।  तर आइतबार सर्वोच्च अदालतले बोर्डलाई सूचनामा उल्लिखित ५१ कम्पनीको आर्थिक अवस्थाको जानकारी सर्वसाधारणलाई दिँदा निवेदकको निर्विवाद हक छिनिएको नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 


योसँगै धितोपत्र बोर्डलाई ती कम्पनीको कारोबारका विषयमा थप अध्ययन गर्न बाटो खुलेको छ । तर, सर्वोच्चले त्यसरी छानबिन गर्ने कारणसहित १५ दिनभित्र जवाफ पेस गर्न बोर्डलाई भनेको छ । गत मंगलबार धितोपत्र बोर्डले सेयर बजारमा चलखेल गरेर अस्वभाविक सेयर मूल्य वृद्धि गरेको भन्दै ५१ कम्पनीको नाम सार्वजनिक गरेको थियो । योसँगै बजारमा बोर्डको तिब्र आलोचना हुँदै आइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।