image
image

यसपटकको निषेधाज्ञाले ४ खर्ब क्षति

काठमाडौं । कोरोना महामारीले विश्वका थुप्रै देशको अर्थतन्त्रलाई धराशयी तुल्याइदिएको छ । अर्थतन्त्रको बलियो जग भएका देशहरु पनि यतिबेला धर्मराइ रहेका छन् भने नेपाललाई यसले नहल्लाउने कुरै भएन । नेपालमा कोरोनाको पहिलो लहरमा महिनौंसम्म लकडाउन भयो । जनजीवन नै ठप्प भएको त्यो समयमा देशको आर्थिक वृद्धिलाई ठूलै धक्का लागेको थियो । अहिले फेरि कोरोनाका दोस्रो लहरपछि दशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएको छ । यतिबेला अत्यावश्यक बाहेकका सेवा र उत्पादनको बिक्री वितरण बन्द छन् । आर्थिक गतिविधिहरु निकै संकुचित बनिरहेका छन् । अधिकांश उद्योग कलकारखानाहरु खुलेका छैनन् ।

निषेधाज्ञाको कारण देशले कति आर्थिक क्षति व्यहोरिरहेको छ त ? सरकारको तर्फबाट कुनै अध्ययन भएको छैन । निजी क्षेत्रले चाहिँ दैनिक आठ अर्बको क्षति भइरहेको मोटो हिसाब निकालेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा १ दिन बन्द हुँदा ८ अर्ब घाटा हुने गरेको बताए । उनले भने, ‘एक दिन बन्द हुँदा निजी क्षेत्रलाई धेरै घाटा हुन्छ । अहिले सबैभन्दा धेरै पर्यटन र यातायात सेवालाई क्षति पुगेको छ ।’

पहिलेको लकडानमा बन्द भएका उद्योगहरु पुर्णरुपमा सञ्चालन नहुँदै फेरि निषेधाज्ञा भएपछि उद्योग र व्यवसाय अब कसरी उठ्छ् भन्ने चिन्ता रहेको गोल्छाले बताए । ‘दोस्रो लहरको कोरोना आएपछि निषेधाज्ञा सुरु भएको पनि ५० दिन भइसक्यो । दैनिक ८ अर्बका दरले घाटा भइरहेको छ । त्यस हिसाबले ५० दिनसम्ममा ४ खर्ब घाटा भएको देखिन्छ ।’

२०७६ चैत ११ गतेदेखि सुरु भएको निषेधाज्ञा करिब ९ महिनासम्म चलेको थियो । निषेधाज्ञाले उद्योग–व्यवसाय मारमा परेको भन्दै निजी क्षेत्रले सरकारसँग राहत मागे पनि सरकारले आंशिक मात्रै सम्वोधन गरेको छ । वैशाख १६ गतेदेखि सरकारले जारी गरेको निषेधाज्ञा कहिले खुल्छ भन्ने यकिन छैन । विस्तारै कोराना संक्रमण दर घट्दै गइरहेको छ । सीसीएमसीले अब स्मार्ट लकडाउन गर्ने भनेर प्रक्रिया अगाडि बढाएको छ ।
-सौर्य दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।