लाईसेन्सको नयाँ आवेदन असारपछि मात्र
काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दिने आवेदकले असारसम्म कुर्नु पर्ने भएको छ । १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवदेन दिएका र असारसम्मका लागि परिक्षाको मिती सकिएकाले नयाँ आवेदकले अब असारसम्म कुर्नु पर्ने भएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार ‘अहिलेसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्, मे–जुनसम्म परीक्षा दिने मिति सकिएको छ,’ । कोरोनाका कारण १० महिना नयाँ लाइसेन्स प्रक्रिया सबै बन्द हुँदा अब भने लाइसेन्स प्रक्रियामा सहभागी हुन सर्वसाधारणले लामो समय कुर्नुपर्ने भएको हो ।
यातायात कार्यालयले देशैभर करिब ७–८ लाख जनाले सवारी चालक अनुमति पत्रका लागि आवेदन दिने अनुमान गरेको छ । हाल देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुने गरेको छ ।