image
image

तीन कम्पनीको शेयरमूल्यमा उच्च गिरावट; कति पुग्यो शेयरमुल्य ?  

काठमाडौं, ७, असार । साताको दोस्रोे  दिन सोमबार तीन ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । गुहेश्वरी मर्चेन बैंक एण्ड फाइनान्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट र ङादी ग्रुप पावरको शेयरमूल्यमा गिरावट आएको हो । 

तीन ओटा कम्पनीमध्ये सबैभन्दा बढी गुहेश्वरी मर्चेन बैंक एण्ड फाइनान्स ९.८२  प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ४५० मा झरेको हो ।

त्यस्तै,  जोशी हाइड्रोपावरको शेयरमूल्य ९.५२ प्रतिशत र ङादी ग्रुप पावरको ९.०१ प्रतिशत घटेको हो ।

ती तीन ओटै कम्पनीको शेयरमा बजार घटेसँगै क्रेताभन्दा विक्रेता धेरै हावी भएकाले शेयरमूल्य घटेको हो । जोशी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू। २६६ र  ङादी ग्रुप पावरको रू ४२४ मा झरेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।