image
image

 फोन चार्ज गर्न मिल्ने प्रविधि ल्याउँदै साओमी

काठमाडौँ, ७, असार । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले स्मार्टफोन चार्ज गर्न कुनै चार्जिङ एडाप्टर आवश्यक नपर्ने प्रविधि लेराउने भएको छ । इन्डिया टुडे टेकका अनुसार अहिले साओमी आवाजबाटै स्मार्टफोन चार्ज गर्न मिल्ने प्रविधि ल्याउने तयारी गरिरहेको छ।

स्मार्टफोन चार्ज गर्ने तरिका गत केही वर्षहरुमा धेरै परिवर्तन भएको छ। धेरै स्मार्टफोन कम्पनीहरु वायेरलेस चार्जिङ प्रविधिमा ध्यान दिइरहेका छन्, यदि सबै योजना सफल भयो भने साओमीले ल्याउन खोजेको नयाँ चार्जिङ प्रविधिले स्मार्टफोन क्षेत्रमा ठूलो फड्को मार्ने छ।

गिजचाइनाका एक रिपोर्ट अनुसार हालै साओमीले ‘चाइना नेसनल इन्टेलिक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेसन’लाई आफ्नो पेटेन्टको लागि आवदेन दिएको छ। सो पेटेन्टमा कम्पनीले आवाजबाट उपकरण चार्ज गर्न सकिने प्रविधिमा काम गरिरहेको उल्लेख छ।  

यस नयाँ चार्जिङ प्रविधिको लागि ‘पावर कन्भर्सन डिभाइस’ प्रयोग गरिनेछ, जसले वातावरणको भाइब्रेसनलाई मेकानिकल भ्राइब्रेसनमा परिवर्तन गरी करेन्टको रुपमा परिणाम आउँछ। त्यसपछि स्मार्टफोनलाई चार्जिङ केबल वा एडाप्टरबिना नै चार्ज सकिन्छ।

कम्पनीले ल्याइसकेको ‘एमआई एयर चार्ज’ टेक्नोलोजीबाट दुई तीनवटा स्मार्टफोन एकैचोटी वायरलेस चार्ज गर्न मिल्छ। साथै यही वर्षको अन्तिमतिर यसले दुई सय वाटको फास्ट चार्जिङ सर्पोट सार्वजनिक गर्ने इन्डिया टुडे टेकले बताएको छ।

कम्पनीले काम गरिरहेको साउन्ड चार्जिङ टेक्नोलोजी भने कहिले सार्वजनिक हुन्छ कुनै आधिकारिक जानकारी आएको छैन।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।