image
image

सेयर बजारमा ७१ अंकको गिरावट

काठमाडौँ, ७, असार । सोमबार (आज) सेयर बजारको परिसूचक ७१ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २८३४ अंकमा कायम भएको छ। यस दिन ११ अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यस दिन सबै समूहहरु उच्च दरमा घटेका छन्। बैंकिङ ३४, ब्यापार २९, होटल तथा पर्यटन १६५, विकास बैंक २१०, जलविद्युत १५०, फाइनान्स १२०, निर्जीवन बीमा ४२९, उत्पादन १७१, अन्य ५४, माइक्रोफाइनान्स १०५ र जीवन बीमा समूह ४५१ अंकले घटेका छन्। 

यस दिन पोखरा फाइनान्स, युनिभर्सल पावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, युनियन हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ। 

हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी, प्रोग्रेसिभ फाइनान्स, पन्चकन्या माइको मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ। 

यस दिन नारायणी डेभलपमेन्ट बैंकको मूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। त्यस्तै कुमारी बैंकको संस्थापक समूहको मूल्य साढे ९ प्रतिशतले बढेको छ। जलविद्युत लगानी तथा विकास कम्पनीको ४ प्रतिशत, टेलिकम र बरुण हाइड्रोको मूल्य पनि २ प्रतिशतको आसपासमा बढेका छन्।

कारोबारका आधारमा पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भयो भने मूल्य ६ प्रतिशतले घटेको छ। त्यस्तै मूल्य बढेको जलविद्युत लगानी तथा विकास कम्पनीको ३१ करोडको कारोबार भयो। नागरिक लगानी कोष, नेसनल हाइड्रोपावर र हिमालयन डिस्टिलरी कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए। 

नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमयुक्त भनी व्याख्या गर्दै लगानी गर्नुपूर्व संयमता अपनाउन आग्रह गरेयता बजार निरन्तर ओरालो लागेको छ। बोर्डले मंगलबार विज्ञप्ती जारी गरेर संयमता अपनाउन आग्रह गरेको थियो। 

त्यसपछि बुधबार ५२ अंकले झरेको बजार बिहीबार १ अंकले घटेपछि बजार सम्हालिने अनुमान थियो। तर आइतबार ६२ अंकको गिरावट आयो भने सोमबार ७१ अंकले घट्यो। बजार अझै घट्न सक्ने अनुमान छ। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।