image
image

दोलखामा नदिजन्य पदार्थ उत्खनन् कार्य बन्द

काठमाडौँ, ७, असार । नदिजन्य पदार्थ उत्खनन् तथा संकलन कार्य बन्द गरिएको छ । जिल्ला समन्वय समिति दोलखाले एक सुचना जारी गर्दै असार १ गतेबाट भदौ मसान्त सम्म नदिजन्य पदार्थ उत्खनन् तथा संकलन कार्य बन्द भएको जानकारी गराएको हो ।उक्त अवधि भित्र दोलखाको कुनै पनि नदिबाट नदिजन्य पदार्थ उत्खनन गर्न नपाईने जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिनुभयो । 

नेपाल सरकार मन्त्रीपरिषदको २०७५ असोज २८ गतेको निर्णय र बागमती प्रदेश सरकार मन्त्री परिषदबाट स्वीकृत नदिजन्य पदार्थ उत्खनन तथा संकलन सम्बन्धि कार्यविधि बमोजिम बन्द गरिएको हो ।कार्यविधिले तोकेको समयसीमा अनुसार प्रत्यक वर्षको असार १ गतेबाट भदौ मसान्त सम्म नदिजन्य पदार्थ उत्खनन बन्द गर्नुपर्ने व्यवस्था छ । जिल्ला अनुगमन तथा समन्वय समितिको आज बसेको पुर्ण बैठकले उक्त जानकारी नदिजन्य पदार्थ, उत्खनन संकलन तथा उपयोग गर्ने सबै स्थानीय तहहरु र सम्पुर्ण उद्यागी व्यवसायीलाई जानकारी गराएको छ ।

ढुंगा, गिटि, रोडा, बालुवा सहित नदिजन्य उत्खननमा पुर्ण रुपमा रोक लगाइएकाले निर्णय विपरित उत्खनन गरेमा नियन्त्रणमा लिई कारवाहि गर्ने जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।