image
image

सरकारी कार्यालय परिसरभित्रै मदिरा उत्पादन

काठमाडौँ, ८, असार । दोलखाको भीमेश्वर नगरपालिका–८ स्थित शितोष्ण फलफूल रुटस्टक विकास केन्द्रको कार्यालयभित्रै मदिरा उत्पादन गर्ने गरेको पाइएको छ । कृषिसँग सम्बन्धित फलफूल तथा अन्य नगदेबालीको विकासका लागि स्थापना गरिएको कार्यालयभित्रै मदिरा उत्पादन गर्ने गरिएको तथ्य खुलेको हो । 

कार्यालयका निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका कर्मचारी विनोद रोक्काको नेतृत्वमा घरेलु मदिरा उत्पादन गर्दै गरेको अवस्थामा प्रहरीले कच्चा पदार्थसहित ३७ लिटर मदिरा नियन्त्रणमा लिएको छ । कार्यालय परिसरमा उत्पादन हुने किबिको घरेलु मदिरा बनाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्यालय प्रमुखकै नेतृत्वमा मदिरा उत्पादन गर्दै गरेको सूचना प्राप्त भएपछि प्रहरीले टोली परिचालन गरेको थियो । दोलखाका प्रहरी निरीक्षक अञ्जान कोइरालाको नेतृत्वमा बोच पुगेको टोलीले ३७ लिटर तयारी मदिरासहित कच्चा पदार्थ र आवश्यक भाँडाकुँडा नियन्त्रणमा लिएको थियो । 

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी भेषराज रिजालका अनुसार सरकारी कार्यालयभित्रै भट्टी नै बनाएर मदिरा उत्पादन गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । उनले फौजदारी केस नभएर निजामती सेवासम्बन्धी कसुर भएकाले जिल्ला प्रशासन कार्यालय पठाइएको जानकारी दिए । 

शीतोष्ण फलफूल रुटस्टक विकास केन्द्रमा किबी, अलैँचीलगायत अन्य थुप्रै प्रजातिका फलफूल लगाइएको छ । उत्पादित फलफूलहरू कार्यालयले नियमअनुसार बिक्री वितरण गर्ने प्रणाली भए पनि गत मंसिरमा ठूलो परिमाणमा किबी फल चोरी भएको भन्दै सूचना सार्वजनिक गरेको थियो । तर, स्थानीयहरूले भने सोही किबी लुकाएर अहिले मदिरा उत्पादनमा प्रयोग गरेको आरोप लगाएका छन् । उनीहरूले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी लिएपछि रोक्काले आर्थिक वर्षको अन्त्य सुरु हुँदै गर्दा लाखौँको कोटेसनसमेत कमिसन लिएर बाँडेको आरोपसमेत लगाएका छन् । 

जिल्ला प्रशासन कार्यालयले भने प्रहरीले लिखित रूपमा घटनाको विवरण बुझाएकाले थप अध्ययन भइरहेको जनाएको छ । आरोपित रोक्कालाई निजामती सेवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने र कार्यान्वयनका लागि कृषि विभाग पठाइने कार्यालय स्रोतले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।