image
image

बेरोजगार किसानलाई कृषि र पशुपालन व्यवसायमार्फत आत्मनिर्भर बनाइने

काठमाडौं, ८, असार । अपि हिमाल गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालन व्यवसायमार्फत आत्मनिर्भर बनाउने नीति कार्यक्रम ल्याएको छ । जिल्लाकै दुर्गम क्षेत्रको हिमाली गाउँपालिकामा कृषि र पशुपालनको राम्रो सम्भावना रहेको भन्दै बेरोजगारलाई यसतर्फ लक्ष्य गरी नीति कार्यक्रम ल्याइएको हो । 

गाउँपालिकाको १२औँ गाउँसभाले ‘समृद्धि र खुशी अपिका लागि जादुगरीका चार आधार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन बोक्ने रोजगारीको दिगो पूर्वाधार’ भन्ने मूल नाराका साथ नीति कार्यक्रम सार्वजनिक गरेको छ । अहिले विश्व कोभिडको सङ्क्रमणमा रहेको बेला अधिकांश मानिस बेरोजगार बनेका छन् । कोभिडले रोजगारी गुमाएकालाई गाउँ फर्काउने नीति लिएको गाउँपालिकाले जनाएको छ । बेरोजगारलाई आकर्षित गराउन गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालनतर्फ आत्मनिर्भर गराउने उद्देश्य राखेको छ ।

गाउँपालिकाभित्रका बेरोजगारहरूको लगत सङ्कलन गरी पालिकाभित्र रोजगार बैंक स्थापना गर्ने गाउँपालिकाको नीति कार्यक्रम रहेको छ । बेरोजगारलाई भौतिक पूर्वाधारमा रोजगार दिलाउने गाउँपालिकाले जनाएको छ । यस्तै प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत १०० जनालाई रोजगार दिलाइने योजना गाउँपालिकालको छ । कोभिड–१९ का कारण समस्यामा परेकालाई आयआर्जुनमुखीतर्फ आत्मनिर्भर बनाउने गाउँपालिकाको नीति छ ।

किसानको बाली बीमामा जोड दिइने छ । किसानको उत्पादनलाई कृषि उपज सङ्कलन केन्द्र, प्याकेजिङ, लेबलिङ तथा बजारीकरणमा सहजीकरण गरिने उल्लेख छ । आधुनिक ओखर, स्याउ, अमिलो जातका फलफूलका विरुवाहरू वितरण गरिने र व्यावसायिकतामा जोड दिइने नीति लिइएको छ । गाउँपालिकाको मुख्य उत्पादनका रूपमा रहेका रैथाने बाली ९राजमा, जौँ, कोदो, फापर आदि०, मसला बाली रायो, लसुन, बेसार, अदुवा, प्याज, धनियाको संरक्षण, आधुनिकीकरण तथा व्यावसायिकरण गर्ने नीति अवलम्बन गरिएको छ ।

पशुपालनमा जोड दिन भेडाबाख्रा संरक्षण कार्यक्रम, तथा भेडा प्रवद्र्धन गरिने छ । सबै वडामा भेटेरिनरी शाखा विस्तार गरिने नीति छ । यस्तै कोभिडका कारण बेरोजगारी भएका कृषकलाई पशुपालनमा आत्मनिर्भर बनाई आयआर्जनमा वृद्धि गर्न किसानहरू ‘गरे सिक्छन् देखे विश्वास गर्छन्’ भन्ने कुरालाई पुष्टि गर्न एक वडा एक उत्पादन कार्यक्रम लागू गरिने भएको छ ।

किसानको खेतबारीमा कार्यक्रम 

सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक नीति कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख हंशराज भट्टले सोमबार महाकाली नगरपालिका कार्यालयमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम सार्वजनिक गरे । आगामी नीति कार्यक्रममा अधिकांश पुरानै कार्यक्रम जोडिएका छन् । नगरपालिकाले किसानको पेशा सुनिश्चित गर्न तथा प्राविधिक समस्या समाधान गर्न किसानको खेतीबारीमा कार्यक्रम ल्याउने भएको छ ।

कृषि पेशामा लागेका कृषकलाई निरन्तर कृषि पेशामै संग्लन गराउन तथा प्राविधिक समस्या समाधान गर्न यस्तो कार्यक्रम ल्याउन लागिएको हो । कृषि उत्पादनमा वृद्धि गर्न सिँचाइ नपुगेका जमीनमा सिँचाइ पहुँच उपलब्ध गराइने नीति कार्यक्रममा उल्लेख छ । यसका लागि नगरपालिकाले ठूला सिँचाइ योजनाअन्तर्गत सकार सिँचाइ, मझौला सिँचाइ योजनाअन्तर्गत काकडा सिँचाइ, झुस्कु सिँचाइ तथा साना सिँचाइ योजना मखौली, धाप सिँचाइ सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ ।

व्यावसायिक कृषि गरिरहेका किसानलाई पहिचान गरी कृषक परिचयपत्र वितरणको व्यवस्थापन मिलाइने नगरप्रमुख भट्टले उल्लेख गरे । यस्तै उनले कृषक पेन्सन कोषमार्फत कृषकको योगदानको कदर गरी सम्मानित गरिने बताए।नगरपालिकाभित्रको वातावरणीय समृद्धिका लागि ‘एक घर, एक फल बिरुवा’ वितरण तथा उत्पादनका आधारमा अनुदान वितरण कार्यक्रमलाई व्यवस्थित गरिने उल्लेख छ ।

यस्तै नगरपालिकाले दुग्ध उत्पादनका लागि उन्नत भैँसी पाल्ने कृषकलाई प्रोत्साहन गर्ने तथा युवाशक्तिलाई कृषि पशुपालनमा आकर्षित गर्ने नीति लिएको छ ।तरकारी र मासुमा आत्मनिर्भर बनाउन तथा कृषि तथा पशु व्यवसायमा आबद्ध हुने युवालाई तीन वर्षसम्मको ब्याज नगरपालिकाले बेहोर्ने गरी रु १० लाखसम्मको ऋण अनुदानका लागि वित्तीय संस्थासँग सहकार्य गरिने उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।