image
image

पूर्वाधार विकासमा स्थानीय तहहरुको प्राथमिकता; पुर्वाधार विकासका लागि नै बढी रकम खर्चीने

काठमाडौँ, ८, असार। फिदिम नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकाशका लागि नै बढी रकम खर्चीने भएको छ । अहिले पनि अघिल्लो बजेटको सिको गर्दे नगरपालिका चक्रपथको अधुरा सडकलाई प्राथमिकता दिने, स्वास्थ्य,शिक्षा, मानविय संशाधन विकाशमा जोड दिने फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले बताउनुभयो ।

प्राय जिल्लाका अधिकांश स्थानिय तहहरुले गत आर्थिक वर्षको अधुरा विकाश निर्माणका कार्यहरु सडक,भवन,पुल लगायतका कार्यक्रमहरुलाई मात्र निरन्तरता दिदा स्थानीयबासिन्दामा असन्तुष्टि देखिएको छ । पाँचथरका ८ वटा स्थानीय तहहरुले वित्तिय हस्तान्तरणबाट सीधा ३ अर्ब १० करोड ४६ लाख बजेट पाएका हुन् ।

भूगोल र वडाको हिसावले फिदिम नगरपालिका भन्दा जिल्लाको दोस्रो गाउँपालिकाको रुपमा रहेको मिक्लाजुङ गाउँपालिकामा स्वास्थ्य,कृषि,शिक्षा,पूर्वाधार विकाश लगायतका कार्यहरुमा पहिलो प्राथामिकता दिएर पालिकाले अव बजेट तथा निती कार्यक्रम ल्याउन लागेको गाउँपालिका अध्यक्ष अमर माखिम बताउनुहुन्छ ।

वितेको ४ वर्षको अवधिमा जिल्लाका सवै स्थानिय तहहरुले पूर्वाधार विकाश सडकको ट्रयाक ओपन र सडकको स्तरोन्नितिलाई मात्रै बढी प्राथामिकता दिएको जिल्लाबासीहरुको गुनासो छ । कोरोना महामारीको विषम परिस्थिति रहेको र अझै पनि स्वास्थ्य विज्ञहरुले कोरोनाको तेस्रो,चौथो लहर आउने सतर्कता गराईरहँदा स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट भने छुट्याइएको छैन । पालिकाले भन्दा पनि वडाहरुले भने स्वास्थ्य, शिक्षा, मानविय चेतना विकाशको कार्यक्रमलाई प्राथामिकतामा राखेको पाइएको मिक्लाजुङ २ का वडाअध्यक्ष सन्तोष शेर्माले बताउनुभयो ।

कोरोनाको रोकथाम, नियन्त्रण, यसको व्यवस्थापनका लागि सबैभन्दा बढी प्राथामिकता दिएको, यस्तै प्राकृतिक विपद्का कार्यक्रमलाई प्राथामिकतामा राखेर कार्यक्रम ल्याइदै गरेको मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्री बताउनुहुन्छ ।मुलुक संघीय संरचनामा गइसकेपछि पनि तीन तहका सरकारले नै नागरिकको आशा र अपेक्षा अनुसार काम गर्न सकेका छैनन् । त्यसैले अवको बजेट स्वास्थ्य, शिक्षा र रोजगारमुखी हुनु पर्ने स्थानीयको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।