image
image

कोभ्याक्सबाट नेपालले साढे २२ लाख डोजको खोप पाउने 

काठमाडौँ । नेपालले कोभ्याक्सअन्तर्गत भारतको सीरम इन्स्टिट्यूटले उत्पादन गरेको २२ लाख ५६ हजार डोजको कोभिशील्ड खोप पाउने भएको छ । अक्सफर्ड र एस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेको यो खोपको आपूर्ति फेब्रुअरीको अन्त्यसम्ममा हुन सक्ने अनुमान गरिएको छ ।

ग्याभी, भ्याक्सीन अलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेर्डनेस इनोभेटर्सले संयोजन गर्ने कोभ्याक्सले खोप विकासका लागि अनुसन्धान र उत्पादनलाई सहयोग गर्छ। यसले सबै देशलाई समान खोप वितरण गर्ने र सन् २०२१ को अन्त्यसम्म दुई अर्ब डोज खोप वितरण गर्ने लक्ष्य लिएको छ।

कोभ्याक्स सुविधाअन्तर्गत ७८ देशले खोप किन्नेछन् भने ग्याभी(कोभ्याक्स) एएमसीअन्तर्गत ९२ वटा कम आय भएका देशले विकास अनुदान वा निजी क्षेत्रको सहयोगमा खोप पाउने छन्। नेपालले एएमसीअन्तर्गत सुविधा पाउन लागेको हो।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।