शेयर बजारमा हरियाली, १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार उच्च अंकको बृद्धि आएको छ । केहि दिनदेखि निरन्तर गिरावट आएको शेयर बजारमा आज भने उच्च अंकको बृद्धि आएसंगै हरियाली छाएको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से ६५.७० अंकले बढेर २९००. १० विन्दुमा पुगेको छ भने साढे ७ अर्बको कारोबार भएको छ । त्यस्तै सबै समूह बढेका छन् ।
नेप्सेका अनुसार आज १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा राधी विद्युत कम्पनी, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो, नेपाल हाइड्रो डेभलपर्श, लिवर्टी इनर्जी कम्पनी, हिमालय उर्जा विकास कम्पनी, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, आखु खोला जलविद्युत कम्पनी, बेष्ट फाइनान्स, छ्याङ्दी हाइड्रोपावर कम्पनी, प्रोगेसिभ फाइनान्स, नेशनल हाइड्रोपावर, पोखरा फाइनान्स,
र जानकी फाइनान्स कम्पनी रहेका छन् ।