image
image

 नेपाल फुड ब्रान्ड नाम दिएर मार्सी चामलको विक्री सुरू

काठमाडौं माघ २२ ।नेपालको  जुम्ला जिल्ला  मर्सी  चामलको लागि प्रख्यत छ । खाद्य कम्पनीले पनि जुम्लाको मार्सी चामल विक्री वितरण सुरु फारेको छ । उक्त कम्पनीले  ६ दिनभित्रमै १६ लाख रुपैयाँभन्दा बढीको मार्सी चामल विक्री गर्न सफल भएको  छ । स्थानीय उत्पादनलाई ब्रान्डिङ तथा प्रवद्र्धन उद्देश्यले खाद्यले पहिलोपटक नेपाल फुड ब्रान्ड नाम दिएर मार्सी चामलको विक्री सुरू गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् ।

कम्पनीको सुर्खेत डिपोमार्फत जुम्लाबाट खरिद गरिएको चामल परीक्षणका रुपमा काठमाडौंमा विक्री गरिएको बताउँदै उनले ग्राहकबाट राम्रै प्रतिक्रिया पाएको बताइन् । हाल कम्पनीले १ केजीको प्याकमा ल्याएको चामल प्रतिकिलो २ सय २५ रुपैयाँका दरले विक्री गरिरहेको उनको भनाइ छ ।

कम्पनीले मार्सीको ब्रान्डिङ गरी परीक्षणका लागि पहिलोपटक बजारमा ल्याएको उक्त मार्सी चामल कर्णाली प्रदेशको सुर्खेतबाट २ सय ७० क्वीन्टल खरीद गरेर ल्याइएको उनको भनाइ छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।