बिटक्वाइनको मूल्यमा भारी गिरावट
काठमाडौँ ८ असार । अमेरिका, बेलायत पछि चीनमा पनि अब क्रिप्टोकरेन्सीमा कडाइ गरिएपछि बिटक्वाइनको मूल्यमा आइतबार एकै दिन १० ली गिरावट आएको छ। अन्य प्रचलित क्रिप्टोकरेन्सीको मूल्यमा पनि औसत ७ प्रतिशतले कमि आएको देखिन्छ। यसका कारोबारीहरूले यस वर्षको अन्त्यसम्ममा बिटक्वाइनको मूल्य १ लाख ३५ हजार डलर पुग्ने अनुमान लगाइरहेका बेला यस्तो गिरावट देखिएको हो।
हाल बिटक्वाइनको मूल्य आज आइतबार ३२ हजार ९४ छ । केही महिना अघि अर्थात् अप्रिलमा यसको मूल्य ६५ हजार डलर थियो। त्यसयता घट्ने क्रम जारी रहँदा मूल्य आधामा झरेको हो। त्यसै गरी इथेरियमको २१३२ डलरमा झरेको छ।चिनियाँ नियामक निकायले बिटक्वाइन माइनिङ (खानी)को विषयमा छानबिनको कुरा अगाडी बढाएपछि यसको मूल्यमा भारी गिरावट आएको हो। बिटक्वाइन सबैभन्दा लोकप्रिय डिजिटल मुद्रा हो। क्रिप्टोकरन्सीको चीनमा ठुलो व्यवसाय हो। विश्वको बिटक्वाइन उत्पादनको आधा हिस्सा चीनको हो। चीनको क्रिप्टोकरन्सी खानीमा रोक लगाउने त्यहाँको सरकारको योजना छ। चीनको सिचुआनको दक्षिणी क्षेत्रको एक क्रिप्टोकरन्सी (माइनिङ) खानी बन्द गर्न आदेश गरिएको छ। यो चीनको सबैभन्दा ठुलो क्रिप्टोकरन्सी (माइनिङ) केन्द्र हो।