नेप्से उच्च अंकले बढ्दा सेयरबजारमा फर्कियो हरियाली, शेयरमुल्य कति ?
काठमाडौं, ८, असार । आज साताको तेस्रो दिन मंगलवार दुई कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।आज जानकी फाइनान्स र हाइड्रोइलेक्ट्रिक इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) को शेयरमुल्य १० प्रतिशतले बढेको हो । जानकी फाइनान्सको शेयरमुल्य प्रतिकित्ता रु.४४० र हाइड्रोइलेक्ट्रिकको रु.४५१ पुगेको छ ।









