image
image

५४ दिनपछि उपत्यकामा चहलपहल बढ्यो : पसल खुले, ग्राहक भने आएनन्

काठमाडौं । निषेधाज्ञा शुरू भएको ५४ दिनपछि मंगलवारदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएसँगै बजारमा मानिसको चहलपहल बढेको देखिएको छ । सरकारले निजी सवारीसाधन जोरबिजोर प्रणालीमा र पसल व्यवसाय वारको आधारमा सञ्चालन गर्न दिनेगरी निषेधाज्ञा खुकुलो पारिएपछि बजारमा मानिसको चहलपहल बढेको हो । काठमाडौंका मुख्य व्यापारिक केन्द न्यूरोड, खिचापोखरी, सुन्धारा, असन, इन्द्रचोक लगायत स्थानमा मंगलवार बिहानैदेखि चहलपहल बढेको देखिएको छ ।

बजारमा मानिसको चहलपहल बढे अनुसार व्यापार भने नभएको व्यापारीहरूको भनाइ छ । मंगलवार विद्युतीय सामग्री, भाँडाकुडा, अटोमोबाइल लगायतका पसल खुलेका थिए । तर सामान किन्न उपभोक्ता निकै कम आएको विद्युतीय व्यापार संघका अध्यक्ष सुदर्शन पौडेलले बताए । पहिलो दिन भएकाले र लामो निषेधाज्ञाका कारण आम्दानी पनि घटेकाले पसलमा सामान किन्ने उपभोक्ता कम भएको हुन सक्ने उनको बुझाइ छ ।

उपभोक्ता र व्यवसायी दुवैमा महामारीको त्रास कायमै रहेकाले भौतिक दूरी कायम गरिनुका साथै मास्क, स्यानिटाइजर जस्ता सुरक्षा सावधानीका उपाय पालना गरी पसल खुलेका छन् ।

उपभोक्ताको उपस्थिति निकै कम रहे पनि करीब २ महीनासम्म व्यापार व्यवसाय बन्द गरेर घरभित्रै बस्न बाध्य व्यवसायीले केही राहत महसूस गरेका छन् । शुरूका दिनहरूमा व्यापार हुन नसके पनि विस्तारै व्यापार बढ्ने र बजारले आफ्नो लय समात्ने आशा उनीहरूको छ । असनमा भाँडाकुडाको पसल चलाउँदै आएका किसानमान तण्डुकारले पहिलो दिन पसलमा ग्राहक नआए पनि लामो समयपछि पसल खोल्न पाएकोमा आफू उत्साहित भएको सुनाए ।
-आर्थिक अभियान दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।