image
image

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

काठमाडौँ, ९, असार । सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन म्याद ढिला मितिसम्म लम्बिएको छ ।बैंकले असार ६ गतेदेखि छिटोमा असार ९ गतेसम्म आवेदन दिन पाउनेगरी ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७” को निष्काशन गरेको थियो ।

उल्लेखित छिटो समयभित्र माग बमोजिम आवेदन नपरेपछि आवेदन दिने म्याद ढिलो मितिसम्म लम्बिएको हो । यद्यपी ढिलो मितिअघि नै ऋणपत्रमा मागभन्दा बढी आवेदन परेमा भने सार्वजनिक सूचना निष्काशन गरी निष्काशन बन्द गरिने जनाइएको छ ।

बैंकले असार ६ गतेदेखि प्रतिइकाई १००० रुपैयाँ दरमा ७ लाख ५० हजार इकाई ऋणपत्र जारी गरेको हो । कुल निश्कासन हुने डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निश्कासनको माध्मयबाट बिक्री खुला गरिएको छ ।

दश वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् । बैंकको ऋणपत्रका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।