image
image

मुक्तिनाथ विकास बैंकलाई १ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न बोर्डद्वरा अनुमति

काठमाडौँ, ९, असार । मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १२ लाख ५० हजार इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ५ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।

बाँकी ७ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको मुक्तिनाथ विकास  बैंक डिबेन्चर जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल मार्केटले लिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।