image
image

मनकामना स्मार्टको आइपिओ खुल्दै

काठमाडौँ  ९ असार । मनकामना स्मार्ट लघुवित्तको प्राथमिक सेयर (आइपिओ) असार १७ गतेदेखि खुल्ने भएको छ। कम्पनीको आइपिओमा छिटोमा असार २१ गतेसम्म बिक्री खुल्ला  हुने बताएको छ  । कम्पनीले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुने कुल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। 

जसमध्ये ६ हजार ५८ कर्मचारीका लागि र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। कम्पनीको आइपिओलाई इक्रा नेपालले डबल बी माइनस रेटिङ प्रदान गरेको छ। 

कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ६७.८९ प्रतिशत रहनेछ। कम्पनीको आइपिओमा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ। त्यस्तै सिडिएससीको ‘मेरो सेयर’मार्फत आवेदन दिन सकिनेछ। त्यस्तै प्रतिसेयर अंकित मूल्य १ सयका दरले न्यूनतम १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा छ। त्यस्तै प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८८ पैसा छ। २०७८/७९ मा कम्पनीको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ हुने अनुमान छ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।