image
image

व्यापारमा २४ प्रतिशतले बढ्यो घाटा 

काठमाडौँ, ९, असार । चालू आर्थिक वर्ष २०७७/०७८ को ११ (साउनदेखि जेठ) महिनामा १२ खर्ब ६२ अर्ब बराबरको व्यापार घाटा भएको छ। गत आव २०७६/०७७ को सोही अवधिको तुलनामा यो २४.६१ प्रतिशतले बढी हो। गत आबको साउनदेखि जेठसम्ममा १० खर्ब १२ अर्ब रूपैयाँ बराबरको ब्यापार घाटा भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

गत वर्ष सोही अवधिको तुलनामा आयात पनि २५.६७ प्रतिशतले बढेको छ। 

गत आबको साउनदेखि जेठसम्ममा ११ खर्ब रूपैयाँ बराबरको सामान आयात भएको थियो। चालू आबको सोही अवधिमा १३ खर्ब ८३ अर्ब रूपैयाँ बराबरको सामान आयात भएको छ। विभागको तथ्यांक हेर्दा गत आब साउनदेखि जेठसम्म ८८ अर्ब रूपैयाँ बराबरको सामान निर्यात भएको छ।

चालू आबको तुलनामा यो ३७।७८ प्रतिशतले बढी हो। चालू आबको साउनदेखि जेठसम्ममा १ खर्ब २१ अर्ब रूपैयाँ बराबरको सामान निर्यात भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।