शेयर बजारमा उच्च गिरावट हुँदा दुई कम्पनीको शेयर मूल्यमा वृद्धि
काठमाडौँ ९ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार उच्च अंकको गिरावट आएको छ । मंगलबार नेप्से ७९.४३ अंकले बढेर दुई हजार ९ सय १३ दशमलब ८४ विन्दुमा पुगेको थियो ।
आज नेप्से ५१.६५ अंकले घटेर दुई हजार ८ सय ६२ दशमलब १८ विन्दुमा थामिएको छ । त्यस्तै, आज ८ अर्ब ३६ करोड २६ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै आज २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार ५ सय ३२ शेयर ९१ हजार ७५ पटक कारोबार भएको छ । आज १३ समूह मध्ये सबै समूहको शेयर मूल्यमा गिरावट आएर रताम्बे भएको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा राद्यी विद्युत कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेका छन् । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज १५ वटा कम्पनीको मात्रै शेयरमूल्यमा बृद्धि भएको छ । १६५ वटा कम्पनीका लगानीकर्ताले आजको कोरोबारमा गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ५४ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।