image
image

किन देखियो नेप्सेको दुई वेबसाइटमा फरक-फरक तथ्याङ्क ?  कुन आधिकारिक ?  

काठमाडौँ ९ असार । आज नेप्सेको दुई वटा वेवसाइटहरु  फरक-फरक तथ्याङ्क सार्वजनिक भएको छ । प्राविधिक समस्याका कारण यस्तो भएको नेप्सको प्रवक्ता मुराहरी पराजुलीको भनाई छ । कारोबार बन्द हुने वित्तिकै र केहि मिनेटपछि भने तथ्यांक तलमाथि हुने र अपडेट हुनलाई केही समय लाग्ने भएकाले यस्तो हुने गरेको उनले बताए ।

यसरी तथ्यांक फरक परेको अवस्थामा पुरानोलाई आधार मान्नुपर्ने बताउदै पराजुलीले आज आधिकारिक तथ्याङ् नयाँ नभएर पुरानै आधिकारिक भएको बताए । आज पुरानो वेवसाइटको अनुसार प्से परिसूचक ५१.६५ अंकले बजार घट्यो । बधबार बजार २ हजार ८ सय ६२ दशमलव १८ विन्दुमा पुगेर बन्द भएको छ ।

त्यस्तै आज  कुल २१८ कम्पनीको ९१ हजार ७५ वटा कारोबार भएको छ । कुल १ करोड ९४ लाख १७ हजार ५ सय ३२ कित्ता सेयर किनबेच भएको दिन बुधबार कारोबार रकम भने साढे ८ अर्बमा खुम्चिएको छ ।बजार लगातार घटेको समयमा पनि कारोबार रकम १० अर्ब भन्दामाथि हुने गरेको थियो । आज ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।