image
image

घटेन वैदेशिक व्यापार घाटा 

काठमाडौँ  । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म  नेपालले १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजार वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो देखिएको हो ।

विभागका अनुसार अहिले देशको वैदेशिक व्यापार घाटा साढे १२ खर्ब भन्दा बढी पुगेको छ । चालु आर्थिक वर्षको ११ महिनामा २४.६१ प्रतिशतले व्यापार घाटा बढेर १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख १० हजार रुपैयाँ रहेको थियो । 


भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार वस्तु तथा सेवा आयात गरेको छ भने निर्यात ३७.७८ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म खाद्यान्न, फलफूल आइरन र स्टिल, मेसिनरी सामग्री, गाडी र पाट पुर्जा, औषधि, प्लास्टिक लगायतका सामग्री आयात सबैभन्दा बढी भएको छ । 

यता, निर्यातमा भने यो वर्ष तेल जन्य पदार्थ नै प्रमुख रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म भटमासको तेल, कफी चिया, कार्पेट, आइरन र स्टिलको निर्यात बढी रहेको भन्सार विभागले जनाएको छ ।   

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।