image
image

साढे ६८ करोड लाभांश बाँड्दै सर्वोत्तम सिमेन्ट

काठमाडौँ, १०, असार । सर्वसाधारणलाई बुक बिल्डिङ्गबाट प्रिमियम मूल्यमा प्राथमिक शेयर जारी गर्ने प्रकृयामा रहेको सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

सिमेन्टले आफ्नै केन्द्रीय कार्यालय तिनकुनेमा आज बिहान ११ बजे विशेष साधारण सभा गर्दै छ । उक्त सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँको १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागी १.००६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश पारित गर्न लागेको हो ।

यसअनुसार कम्पनीले गत आव २०७७/७८ सम्मको नाफाबाट चुक्ता पूँजीको १९.११८ प्रतिशत बराबरको ६५ करोड बोनस शेयर र कर प्रयोजन सहित ३ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ नगद सहित कुल ६८ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ लाभांश वितरण गर्न लागेको हो ।

कम्पनी सञ्चालक समितिको जेठ २५ गते बसेको बैठकले लाभांश प्रस्ताव सहित अन्य एजेण्डाहरु पारित गर्न असार १० गते बिहीबार विशेष साधारण सभा बोलाउने निर्णय गरेको थियो ।

कम्पनीको २०७७ माघ ६ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक बिल्डिङ्ग विधिबाट गर्ने निर्णय गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।