image
image

भारतको लज्जास्पद हार - न्युजिल्याण्ड च्याम्पियन

काठमाडौँ, १०, असार । न्युजिल्याण्डले पहिलो संस्करणको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ ।
फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्ड पहिलो संस्करणको च्याम्पियन बनेको हो ।

साउथह्याम्पटनमा बुधबार दोस्रो इनिङ्समा भारत १ सय ७० रन जोड्दा अलआउट भएपछि न्युजिल्याण्डले १ सय ३९ रनको लक्ष्य पाएको थियो  ।
उक्त सामान्य लक्ष्य न्युजिल्याण्डले मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

दोस्रो इनिङ्समा न्युजिल्याण्डका कप्तान केन विलियम्सनले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले  । रोस टेलर ४७ रनमा अविजित रहे  । ओपनर डेभोन कन्वे १९ रन जोड्दा आउट हुँदा टम लाथम ९ रनमा आउट भए । भारतका रविचन्द्र आश्विनले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय १७ रन बनाएको थियो  ।
पहिलो इनिङ्समा भारतका अजिन्का रहाणेले सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ४४ रन जोड्दा रोहित शर्माले ३४ रन बनाए । शुबमन गिलले २८ तथा रविचन्द्र आश्विनले २२ रन बनाए ।

भारतलाई सस्तैमा समेट्ने न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए । उनले मात्र ३१ रन खर्चिए । त्यस्तै ट्रेन्ट बोल्ट र निल वाग्नेरले २र२ विकेट लिए । न्युजिल्याण्डका बलर चम्किएपछि दोस्रो इनिङ्समा पनि भारत सस्तैमा समेटिएको थियो ।

भारतका ऋषव पन्तले सर्वाधिक ४१ रन बनाए । रोहित शर्माले ३० रन जोड्दा रविन्द्र जडेजाले १६ रन बनाए । अजिन्का रहाणे र चेतेश्वर पुजारा समान १५ रनमा आउट हुँदा कप्तान विराट कोहली र मोहमद शामी समान १३ रनमा आउट भए ।

न्युजिल्याण्डका टिम साउथीले ४ विकेट लिए । ट्रेण्ड बोल्टले ३ तथा केली जेमिसनले ३ विकेट लिए ।

उपाधिसँगै न्युजिल्याण्डले १.६ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।

उपविजेता बनेको भारतले ८००,००० अमेरिकी डलर प्राप्त गरेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
100%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।