image
image

प्यान नम्बर लिन अब नागरिक एप आजै डाउनलोड गर्नुहोस् [प्रक्रिया सहित]

प्यान नम्बर लिन अब नागरिक एप आजै डाउनलोड गर्नुहोस् [प्रक्रिया सहित]



रवीन्द्र ढुङ्गेल ।


नेपाल सरकारले परीक्षणको लागि भनेर प्रयोगमा ल्याएको  नागरिक एपले छोटो अवधीमै धेरैको ध्यान आकर्षित गरेको छ । सम्भव भएसम्मका सबै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ ल्याइएको यो एपको औपचारिक सुरुवात तीन महिनापछि हुने बताइएको छ ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय नारा लिएको नेपाल सरकारले परीक्षणकै चरणमा एपबाट सहजै स्थायी लेखा नम्बर अर्थात प्यान दर्ता गर्न सकिने सुविधा उपलब्ध गराएको छ । अनलाइनको नाममा वेबसाइट तथा एपमा नेपाल सरकारका  निकायमा रहेका जानकारी उपलब्ध गराउने प्रचलनलाई तोड्दै यो एपले सरकारी कार्यालय नपुगेरै सेवा सुविधा प्राप्त गर्न सकिने गरी सहजता ल्याउने जनाएकोछ ।

नागरिक  एपबाट प्रत्येक  दिन प्रत्येक घण्टा सरकारका हरेक  सेवामा नेपाली जनताको सहज  पहुँच कायम हुने अपेक्षा ग रिएको छ । त्यसै अनुरुप नागरिक एपमार्फत शनिबार सार्वजनिक विदाको दिनमा पनि बिना कर्मचारी ३२५ जनाले प्यान नम्बर प्राप्त गरिसकेको जानकारी छ । ।



वर्तमान सरकारका सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले  ट्वीट गर्दै सरकारी कार्यालय अवधि र कुनै पनि सरकारी कर्मचारीको उपस्थिति नभएको भए पनि सेवामा सेवाग्राहीको सिधा र सहज पहुँच स्थापित हुनु हाम्रो सन्दर्भमा युगान्तकारी रूपान्तरण भएको बताएका छन् । नागरिक एपमार्फत सेवामा आम जनताको सिधा पहुँच थप विस्तार गर्दै लगिने उहाँको अभिव्यक्ति छ।

उहाँ भन्नुहुन्छ , ‘सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरुलाई नागरिक एपमार्फत घरमै बसीबसी सेवा लिने प्रक्रियामा आवद्ध हुन आव्हान गर्दछु,’ प्रधानमन्त्री ओलीले आग्रह गर्दै भनेका छन् । आज हामी तपाईंलाई नागरिक एपबाट कसरी प्यान दर्ता गर्न सकिन्छ । "

नागरिक एपबाट प्यान दर्ता गर्ने सजिलो र सहज तरिका ।

सर्वप्रथम नागरिक एप प्रयोग गर्न तपाईंले आफ्नै नाममा रहेको मोबाइल नम्बरबाट यो एपमा खता खोल्नुपर्ने हुन्छ ।
अब सुरुमा नागरिक एप खोल्नुहोस् । नागरिक एपबाट प्यान लिन तपाईंले आफ्नो नागरिकता विवरण पुष्टी गराउनुपर्ने हुन्छ । त्यसका लागि नागरिकता लेखिएको स्थानमा थिच्नुहोस् । त्यसको नम्बर, जारी भएको जिल्ला, जन्म मिति र जारी भएको मिति उल्लेख गर्नुहोस् र अगाडि बढ्नुहोस् ।

तपाईंले सो नागरिक एपमा  उल्लेख गरेको जानकारी  र नेपाल सरकार गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा नागरिकता विवरण तुरुन्तै  प्रमाणीकरण हुन्छ । तर  तपाईंले सो नागरिक एपमा अकाउन्ट खोल्ने क्रममा नै नागरिकता विवरण भरिसक्नुभएको छ भने यो प्रक्रिया दोहोर्‍याइरहनु पर्दैन । नागरिक एपको  प्यान लेखिएको स्थानमा क्लिक गर्नुहोस् र त्यसको अन्तिममा रहेको प्यान दर्ता गर्नुहोस् लेखिएको स्थान पनि दबाउनुहोस् ।

त्यति गरिसकेपछि  आफूलाई पायक पर्ने राजस्व कार्यालय सजिलोसँग  छान्नुहोस् र पुनः अगाडि बढ्नुहोस् । अब त्यहाँ तपाईंले एपमा प्रमाणीकरण गराइसकेका विवरणहरु स्वतः भरिएर आउनेछन् । यति गरिसकेपछि आफ्नो मोबाइलबाट आफ्नो पासपोर्ट आकारको तस्वीर खिच्नुहोस् । तपाईंको मोबाइलमा यस अघि नै आफ्नो पासपोर्ट साइजको फोटो छ भने त्यसलाई पनि प्रयोग गर्न सक्नुहुन्छ ।


त्यसमा  व्यक्तिगत विवरणको  सुरुवातमा अवस्थित  तस्वीरको संकेतमा थिचेर मोबाइलमा रहेको आफ्नो पासपोर्ट साइजको तस्वीर  पठाउनुहोस् । सो फाराममा छुटेका सबै विवरण थप्नुहोस् र गलत विवरण सच्याएर अगाडि बढ्नुहोस् । यति गरेसँगै तपाईंको निवेदन तयार भयो । अब अन्तिममा दायाँतर्फ रहेको बुझाउनुहोस् लेखिएको स्थानमा दबाउनु भयो भने तपाईंको प्यान दर्ता प्रक्रिया पुरा हुन्छ र नागरिक  एपमै आफ्नो प्यान कार्ड प्राप्त गर्न सक्नुहुन्छ ।




 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।