भोलिदेखि जीवन विकास लघुवित्तको १९ लाख ७७ हजार कित्ता आइपिओ आउदैँ
काठमाडौँ, १०, असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाले भोलि शुक्रबारदेखि १९ करोड ७७ हजार ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतले शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी गर्न लागेको कूल १९ लाख ७७ हजार ३०० कित्तामध्येबाट कम्पनीले जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता कर्मचारीहरूलाई र कुल कित्ताको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी बसेको १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ ।
प्रतिशेयर १०० रुपैयाँ अंकित दरको उक्त शेयर खरिदका लागि न्यूनतम् १० कित्तादेखि अधिकतम् १ हजार कित्तासम्म माग गरी आवेदन दिन सकिनेछ । यो आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आइपिओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलका अनुसार आइपिओ छिटोमा असार १५ गते र उक्त समयसम्म आइपिओ बिक्री नभए ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि आइपिओ खरिदका लागि आवेदन दिनेहरूको संख्यामा उच्च बृद्धि भएका कारण यस कम्पनीको आइपिओ पनि छिटो मितिमा नै बन्द हुने देखिन्छ ।
आइपिओ खरिदका लागि बिक्री प्रबन्धक एनएमबि क्यापिटल, बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । हाल ४१ करोड ६ लाख ७० हजार रुपैयाँ चुक्तापूँजी ९संस्थापक समूहको मात्रै० रहेको यस कम्पनीको चुक्तपूँजी आइपिओ बिक्री पश्चात ६० करोड ८४ लाख रुपैयाँ
आर्थिक वर्ष ०७६/७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ३०५.२७ रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी १०४.९७ रहेको छ । यस कम्पनीको उक्त आइपिओले इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित मानिने इक्रा एनपी आईआर त्रिपल बि माइनस रेटिङ्ग प्राप्त गरेको छ ।
कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।