image
image

सामान्य अंकले घटेको शेयर बजारमा अप्पर तामाकोशीको शेयरमूल्यमा उच्च वृद्धि 

काठमाडौँ १० असार ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको अन्तिम कारोबारको दिन आज विहिबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १६.९६ अंकले घटेर दुई हजार ८ सय ४३ विन्दुमा थामिएको छ । 

त्यस्तै, आजको कारोबार पनि निराशाजनक रहेको छ । आज नेप्सेमा ७ अर्ब ३३ करोड ६० लाख बराबरको कारोबार भएको छ । हिजो बुधबार पनि नेप्सेमा ८ अर्बको कारोबार भएको थियो । आज २१९ कम्पनीको १ करोड ३२ लाख १० हजार ३ सय ६९ शेयर ७८ हजार ९ सय ८३ पटक कारोबार भएको छ ।  


नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी रहेको  । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।  

साथै आज ङादी र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ३७ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।