image
image

हेटौँडा उपमहानगरपालिकाको बजेटमा  पूर्वाधार र स्वास्थ्यमा जोड

मकवानपुर १० असार  । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-०७९ को लागि रु दुई अर्ब ६० करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मीनाकुमारी लामाद्वारा आज नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकासमा रु एक अर्ब ३० करोड ४५ लाख, आर्थिक विकासमा रु १२ करोड ९८ लाख, सामाजिक विकासमा रु ६३ करोड रु ९२ लाख, स्वास्थ्य विकासमा रु आठ करोड ७६ लाख विनियोजित गरिएको छ ।

संस्कृति प्रवद्र्धनमा रु दुई करोड ३७ लाख, खेलकूद तथा मनोरञ्जनमा रु तीन करोड ७२ लाख , लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा रु तीन करोड ७ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा रु पाँच करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ रु एक करोड ९१ लाख बजेट विनियोजन गरिएको छ ।

उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले आगामी आवको नीति तथा कार्यक्रममा कोभिड अस्पताललाई थप सहयोग, सडकको विस्तार, बसपार्क निर्माण, पर्यटकीय स्थानको विकास र विस्तार, प्रत्येक वडामा खानेपानीको व्यवस्थापन, वातावरण प्रदुषण नियन्त्रण, नमूना शहरीकरण गर्ने प्रक्रियालाई अघि बढाइने रहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।