image
image

जीवन विकास लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । 

कम्पनीले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । 

कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

यो आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो । 

हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ जारी गरे पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुग्नेछ । कम्पनीको आईपीओ पश्चात संस्थापकतर्फ ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारीसहित ३२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । 
-आर्थिक अभियान दैनिकमा 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।