image
image

तीन कम्पनीको शेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं, ११, असार । एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज (असार ११ गते, शुक्रबार) तीन कम्पनीको शेयर लिलामी भर्ने आज 
अन्तिम दिन रहेको छ ।

बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड, मेरो माइक्रोफाइनान्स लघुवित वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आजसम्म आवेदन दिन सकिनेछ ।

बैंकले आरएमडीसी लघुवित्तको २ लाख ८६ हजार १९५ कित्ता, मेरोमाइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता र महुली लघुवित्तको ५५ हजार ५७० कित्ता सेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले आरएमडीसी लघुवित्तको सेयरमा न्यूनतम ४७७ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको सेयरमा ५७५ रुपैयाँ र महुली लघुवित्तको सेयरमा न्यूनतम ७६८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले उक्त शेयरमा न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरहरुको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।