image
image

११ महिनामा २८ अर्ब भन्दा बढीको चामल आयात

काठमाडौँ, ११, असार । चालू आर्थिक वर्षका ११ महिनामा नेपालमा साढै २८ अर्ब रुपैयाँ भन्दा बढीको चामल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको ११ महिनामा विदेशबाट २८ अर्ब ६० करोड चामल आयात भएको हो । अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा यसवर्ष ७ अर्ब ४० करोड बढीको चामल आयात भएको देखिन्छ । गत वर्ष जेठसम्म झन्डै २१ अर्ब २० करोड ४३ लाख ८३ हजार रुपैयाँ बराबरको चामल आयात भएको थियो । 

चालु आर्थिक वर्षको साउनदेखि जेठ अन्तिमसम्म ६० करोड ३७ लाख २४ हजार ९८६ किलो विभिन्न प्रकारको चामल नेपालमा आयात भएको छ । सो आयातका लागि मुलुकबाट  २८ अर्ब ६० करोड ३० लाख रुपैयाँ भन्दा धेरै रकम बाहिरिएको छ ।

उक्त परिणामको चामल आयात हुँदा सरकारले भने दुई अर्ब ७५ करोड १३ लाख रुपैयाँ भन्दा धेरै राजश्व संकलन गरेको छ ।
वैशाख अन्तिमसम्म नेपालले २८ अर्ब ३० करोड ४ लाख रुपैयाँ बराबरको चामल आयात गरेको थियो । नेपालमा चामल निर्यात गर्ने प्रमुख मुलुकको रुपमा भारत रहेको छ भने चीन, फिलिपिन्स, जापान थाईल्याण्डबाट पनि मुलुकमा चामल आयात भएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।