image
image

पोखरामा वार्षिक एक अर्बका ट्रेकिङ सामग्री

पोखरा-मुलुकमा ट्रेकिङ जाने प्रचलन बढेसँगै यससँग सम्बन्धित वस्तुको कारोबार बढ्दै गएको छ । ट्रेकिङको आधार क्षेत्रका रूपमा रहेको पोखरामा वार्षिक एक अर्ब रुपैयाँ बराबरका पदयात्रा सामग्रीको कारोबार हुने गरेको पाइएको छ । ट्रेकिङ सामग्रीको करिब ७० पसलले वार्षिक रूपमा करिब एक अर्ब बराबरको कारोबार गर्ने गरेको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

ट्रेकिङ इक्युपमेन्ट सप एशोसियसन (टेसा) पोखराका उपाध्यक्ष रामजीप्रसाद अधिकारीका अनुसार कारोबार भएकामध्ये पोखरामा खपत हुने ट्रेकिङ सामग्रीहरू करिब ५० प्रतिशत चीनबाट र केही भारतबाट आयात हुने गरेको छ । यस्तै, स्वदेशमै उत्पादन हुने सामग्रीहरू पनि पोखरामा उत्तिकै बिक्री हुन्छ । नेपाली उत्पादनका कच्चा पदार्थ अधिकांश विदेशबाटै आयात हुने गरेको छ । ट्रेकिङ सामग्रीमा कटन र ढाकाको कपडा बढी प्रयोग हुन्छ भने गोरेटेक्स, सेन्थेटिकलगायतको कच्चा पदार्थ भने चीनबाटै आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

झोला, ज्याकेट, जुत्ता, ट्राउजर, ब्याग, टेण्ट लगायतका सामान विदेशबाट आयात हुन्छ भने नेपालमा ज्याकेट, ट्राउजर, सिल्पिङ ब्याग, झोलालगायतका सामान उत्पादन हुन्छ । नेपाली उत्पादनको १ हजार ५ सय रुपैयाँमा पाइने सामान विदेशबाट आयात हुदा गुणस्तरीय र फिनिसिङ राम्रो हुँदा २ हजार ५ सय रुपैयाँसम्म पर्ने गरेको उनले बताए । “नेपालीले विदेशी र विदेशीले नेपाली उत्पादन बढी प्रयोग गर्छन,” उनले भने, “नेपालमा उत्पादित सामानहरू भारत, भुटान लगायतका देशमा निर्यात हुन्छन् ।” ट्रेकिङ सामग्रीका अधिकांश उद्योग काठमाडौं केन्द्रित भए पनि काठमाडौंमा उत्पादनको करिब ३० प्रतिशत बजार पोखरा नै भएको उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।