image
image

कर छुट गर्न व्यवसायीको माग

मध्यपुरथिमि ११ असार । भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले अहिलेको सङ्कटको बेलामा व्यवसायी मारमा परको भन्दै कर छुटको माग गरेको छ । संयुक्त रुपमा आज आयोजना गरेको राजश्वसम्बन्धी जुम अन्तरक्रिया कार्यक्रममा आव २०७८÷७९ को बजेटमा भएका व्यवस्था र कर छुटका विषयमा छलफल गरिएको थियो ।

उक्त अवसरमा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत गगनबहादुर विकसँग राजश्वका विविध विषयमा छलफल गर्दै राजश्व छुटको माग गरेको कार्यक्रम आयोजक भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछेरत्न मानन्धरले बताए ।

कार्यक्रममा कोरोना भाइरसले भएको लकडाउनका कारण व्यापार गर्न नपाउँदा व्यापारी निकै नोक्सानमा परेको भन्दै कर छुटको माग गरेको बताइएको छ । चेम्बरका सल्लाहकार रोशन भोयद्योले व्यवसायीका प्रतिनिधिमूलक संस्थाले व्यवसायीलाई निरन्तर सुसूचित गर्दै सशक्तिकरण गरिरहनुपर्ने बताए ।


घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा तथा सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतीले महिला उद्यमीलगायत घरेलु उद्योगका लागि सरकारले दिनुपर्ने सुविधा पर्याप्त नभएको बताए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत राजकुमार पोखरेलले विषयवस्तुमाथि प्रस्तुतीकरण गरेका थिए । कार्यक्रमका संयोजक अष्टबज्र बज्राचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए  ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।