image
image

नयाँ फर्म अब घरेलु कार्यालयमै दर्ता

काठमाडौँ - निकासी पैठारी व्यापार बाहेकका नयाँ प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनकोे काम घरेलु कार्यलयमार्फत हुने भएको छ । यसअघि वाणिज्य, आपूर्ति तथा उभोक्ता हित संरक्षण विभागमा दर्ता हुँदै आएका फर्म आउँदो फागुनदेखि बागमती प्रदेशका घरेलु कार्यलयमा दर्ता हुनसक्ने छन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित  छ ।

वाणिज्य प्रशासनसम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण अवधारणापत्र तथा कार्ययोजनाअनुरूप विभागमा दर्ता हुँदै आएकोमा अब नयाँ फर्म बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयबाट दर्ता हुने भएको हो । विभागका प्रवक्ता शिवराज सेढाईले निकासी पैठारी बाहेकका नयाँ फर्म दर्ता घरेलु कार्यालयमार्फत गर्न लागिएको
जानकारी दिए । स्थानीय व्यापार गर्न इच्छुक व्यक्तिहरूले व्यवसाय दर्ताको लागि सम्बन्धित जिल्लाको घरेलु तथा साना उद्योग कार्यलयमा सम्पर्क गर्नुपर्ने उनको भनाइ छ ।

विभागमा पहिले नै दर्ता भइसकेका फर्महरूको नवीकरण, संशोधन र खारेजीसम्बन्धी कार्य भने सम्बन्धित प्रदेशमा हस्तान्तरण नभएसम्म विभागबाटै हुनेछन् । अनलाइन माध्ययमबाट व्यवसाय दर्ता लगायतका नियमनसम्बन्धी सेवा प्रवाह सहजीकरणका लागि विभाग र फोन पेबीच सम्झौता भएको विभागले जानकारी दिएको छ । डिजिटल भुक्तानी प्रक्रिया प्रवद्र्धन गर्न व्यवसायीलाई निशुल्क क्यूआर कोडको सुविधा समेत उपलव्ध गराउने तयारी गरेको विभागले जानकारी दिएको छ । यसबाट आगामी २०७८ असार मसान्तसम्म एक लाख व्यवसायीले लाभ लिने अनुमान गरिएको छ ।

अन्य प्रदेशहरूमा समेत प्रदेश कानून तर्जुमा भएपश्चात निकासी पैठारी व्यापार बाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमको काम क्रमश हस्तान्तरण गदै जाने विभागले जानकारी दिएको छ । बागमती प्रदेशको घरेलु तथा साना उद्योग कार्यलयहरूमा दर्ता भई सञ्चालनमा रहेका वैदेशिक व्यापार मुलुक (निकासी पैठारी) फर्महरूको सक्कलै फाइल २०७८ असार मसान्तभित्र विभागमा हस्तान्तरण भइ विभागबाटै नियमन हुने छ ।

सरकारले यसअघि नै नवीकरण फेल भएका प्राइभेट फर्महरूलाई पुनः सञ्चालन हुन पाउने व्यवस्था गरेको छ । लामो समयदेखि कानुनी रूपमा फेल भएका फर्मलाई प्राइभेट फर्म रजिस्ट्रेसन नियमावली संशोधन गरेर पुनः सञ्चालन गर्न पाउने व्यवस्था गरिएको हो । प्राइभेट फर्म रजिस्ट्रेसन नियमावलीको तेह्रौं संशोधन गर्ने निर्णय गरेर सो व्यवस्था गरेको विभागले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।