image
image

करिब २ महिनापछिको अन्तर्राष्ट्रिय उडानको पहिलो फ्लाइटमै ४ सय केजी सुन ल्याइँदै

काठमाडौं, १२, असार। कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहर सुरु भएपछि बन्द रहेको सुन आयात पुनः सुरु भएको छ। करिब २ महिनापछि आगामी साता दुबईबाट एकै दिन चार सय किलो सुन नेपाल भित्रिने भएको हो।कोरोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएको सुन आयात अन्तर्राष्ट्रिय हवाई उडान खुलेलगतै सुरु हुने भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकाका तीनसहित ७५ जिल्लामा वैशाख १६ देखि निषेधाज्ञा जारी गरेका थिए। मंगलबारदेखि उपत्यकासँगै अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ। 

बैंकहरुले भित्र्याउने सुन महासंघको समन्वयमा व्यवसायीले खरिद गर्ने गरेका छन्। लामो समयदेखि रोकिएको सुनको आयात अन्तर्राष्ट्रिय हवाई उडान खुल्दा पहिलो फ्लाइटबाटै थाल्ने तयारी भएको बैंकर एसोसिएसनकी सूचना अधिकारी सविना श्रेष्ठले बताइन। सोमबारदेखि काठमाडौं(दुबई सीधा उडान खुल्ने भनिएको छ। मिलेसम्म पहिलो दिन नै सुन आयात हुनेछ, उनले भनिन्, आयातका लागि सबै तयारी गरेर बैंकहरु उडान खुल्ने प्रतीक्षामा छन्  ।  

हालका लागि वागमती अञ्चल भित्र र बाहिरका लागि करिब ४ सय केजी सुन आयात गर्ने तय भएको जानकारी उनले दिइन। उक्त सुन ५० प्रतिशत उपत्यकाभित्र  र ५० प्रतिशत बाहिर जिल्लाका व्यवसायीले उठाउन पाउने छन्। अहिले ८ वटा बैंकले ५०/५० केजीका दरले सुन आयात गर्न लागेका हुन्। 

यसअघि संघले बैंकहरुलाई आलोपालो गरी सुन आयात गर्ने व्यवस्था मिलाएको थियो। निषेधाज्ञा अघि केही बैंकले सुन आयात गरिसकेको हुनाले अहिले बाँकी रहेका बैंकहरुलाई आयात गर्न इजाजत दिइएको छ। जसमा चार बैंकले उपत्यका भित्रका लागि र चार वटाले बाहिरका जिल्लाका लागि ल्याउने भएका छन्। एसोसिएसनका अनुसार नबिल, सिद्धार्थ, बीओके लगायत अन्य ५ वटा बैंकले सुन आयात गर्ने गरेका छन्।

कोभिडका कारण अन्तर्राष्ट्रिय हवाई उडान रोकिएपछि सुन आयात प्रभावित बनेको थियो। अहिले ५४ दिनपछि सुनचाँदी व्यवसाय संचालनमा आएसँगै बजारमा कारोबारका लागि सुन अभाव  रहेको व्यवसायीहरुले बताएका छन्। लामो समयदेखि आयात नहुँदा यतिबेला बजारमा किनबेच गाह्रो परिरहेको छ। बैंक र सुनचाँदी व्यवसायीहरुसँग पनि स्टक नभएको भन्दै महासंघले पहिलो लटमै ४ सय केजी सुन ल्याउन पहल गरेको जनाएको हो।

वैशाखसम्म दैनिक २० केजी आयात भइरहेको थियो। अहिले ल्याउन लागेको सुन निषेधाज्ञाले रोकिएको सुन हो। जसमा ४ सय केजी सुन करिब २० दिनको आयात परिमाण छ। पहिलो लट आयात भएपछि बाँकी आठ सय केजी सुन पनि क्रमिकरूपमा भित्र्याइने महासंघले जनाएको छ।निषेधाज्ञा अघि करिब ६ सय केजी सुन आयात गरी सातै प्रदेशमा वितरण भएको थियो। वितरणपछि बैंकमा सुन स्टक नहुँदा केही दिन अघिबाट महासंघले आयातको पहल गरिरहेको थियो।

सुन आयात नियमित भएपछि महासंघको कार्य तालिका अनुसार बिक्री वितरण हुने अध्यक्ष माणिकरत्न शाक्यले बताए। सुनको आयात दैनिक २० केजीका दरले हुन्छ। गत वर्ष जस्तो बजारमा खपत नभएको भनेर कोटा घट्दैन, उनले भने, आयात भएको सुन पहिले  जसरी नै वितरण हुन्छ । हाल बजाुरमा अभाव भएकाले महासंघले बैंकर एसोसिएसनसँग आयात बढाउन आग्रह गरेको उनले बताए। यसले गर्दा पहिलो लटमै ४ सय केजी आयात हुन लागेको हो, उनले भने। 

एकैपटक पर्याप्त परिमाणमा आयात भए व्यवसायीले आवश्यकताअनुसार उठाउन पाउने उनले बताए। पहिले ५० केजी आयात हुँदा खरिद गर्न क्युमा बसेर एकरएक केजीका दरले ५० जना व्यवसायीले मात्र पाउँथे भने ४ सय केजी भित्रिँदा धेरैले खरिद गर्न सक्छन्। आयात नियमित हुँदा देशभरिका सुनचाँदी व्यवसायीको कारोबार सहज हुने महासंघले जनाएको छ। 

सरकारी प्रक्रियाबाट वैध तवरले आयात सहज हुन लागेको मौकामा सुन ओसारपसार गर्ने गिरोह पनि सक्रिय भएका छन्। ओसारपसार गर्नेले दुबईबाट घर फर्कने नेपाली श्रमिकलाई भरिया बनाउने गर्छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।