image
image

एनएमबि लघुवित्तले ल्यायो क्रेडिट एक्स ऋण अटोमेसन प्रणाली सञ्चालनमा

काठमाडौं, १२, असार । एनएमबि लघुवित्त वित्तीय संस्थाले एसबी सोलुसन्स प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सञ्चालनमा ल्याएको छ । सो सम्बन्धी आज सक्झौता भएको छ । संस्थाका प्रमुखकार्यकारी अधिकृत आनन्द पाण्डे र एसबी सोलुसन्सका अध्यक्ष विपुल ढकालले सम्झौतामा हस्ताक्षर गरे ।

अटोमेसन प्रणालीले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्छ । क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै लघुवित्त संस्थाले पूर्ण रूपमा कागज निर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुनेछन् ।

यसले प्रणालीभित्र जोखिम प्यारामिटर अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न पनि सहयोग पुर्याउनेछ । यसले लघुवित्त संस्थालाई द्रुतगतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्नेछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको हो । यो स्वायत्त प्रणाली सञ्चालित ग्राहकको उद्देश्य मूल्यांकनका साथै विषयगत प्यारामिटर मानकीकरणको रूपमा पनि रहेको संस्थाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।