image
image

समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जाको सुविधा

काठमाडौं असार १२ । नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जा उपलब्ध गराउने भएको छ। केन्द्रीय बैंकले शुक्रबार ‘नेपाल राष्ट्र बैंक पुनःकर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो।

निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ। कूल १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुनःकर्जा प्रदान गरिनेछ। अध्ययन समितिले १० मेगावाटभन्दा साना विभिन्न ३५ आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थियो। कोरोनाका कारणले समस्यामा परेका आयोजनालाई पनि यस्तो सुविधा उपलब्ध हुनेछ।

केन्द्रीय बैंकले प्रतिग्राहक १५ लाख रुपैयाँसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, पाँच करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा उपलब्ध लगराएको छ। उक्त कर्जा क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ठ रुपमा प्रदान गरिन्छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।