image
image

दुई दशकपछि संकटमा वैदेशिक रोजगारी

काठमाडौँ - नेपालको श्रम बजारमा वर्षेनी प्रवेश गर्ने साढे ४ लाख श्रमशक्तिको विकल्प मानिएको वैदेशिक रोजगारीमा विगत दुई दशकयता सबैभन्दा बढी गिरावट आएको छ । कोरोना संक्रमणका कारण श्रम गन्तव्यमा रोजगारीका क्षेत्रमा आएको गिरावट र हवाईलगायतका सरोकार राख्ने क्षेत्र लामो समय बन्द हुँदा यसको असर नेपालको वैदेशिक रोजगारीको क्षेत्रमा परेको हो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा गिरावट आएसँगै त्यसको असर वैदेशिक रोजगार व्यवसाय र यसका सहायक स्वरोजगार व्यवसाय, बिमा, तालिम दिने संस्था र अन्य क्षेत्रमा समेत परेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकमा विदेशबाट आउने रेमिट्यान्स नघटेको सकारात्मक सन्देश आए पनि यसको वृद्धिदर भने घटेको विज्ञको भनाइ छ ।

दुई दशकयता वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा २० प्रतिशतभन्दा कम गिरावट आएको तथ्यांक भए पनि चालू आर्थिक वर्षमा मात्रै ६० प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको ११ महिना बितिसक्दा वैदेशिक रोजगारीमा जाने प्रक्रियाले लय लिन सकेको छैन ।

कोभिड संक्रमणका कारण श्रम गन्तव्यका रोजगारदाताले विदेशी श्रमिकको मागलाई घटाएसँगै रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या वृद्धि हुन नसकेको वैदैशिक रोजगार विभागको भनाइ छ । विभागका निर्देशक महेन्द्रनाथ भट्टराईका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा पुनः र नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख ४६ रहेको जानकारी दिए । यद्यपि उनले केही दिनयता बन्द रहेका श्रम गन्तव्यमा श्रमिक जाने बाटो खुलेको बताए ।

यो संख्या गत वर्ष ३ लाख ६८ हजार रहेको थियो । चालू आवको जेठसम्म एक लाख ४६ हजारले विदेश जान श्रम स्वीकृति लिएकामध्ये ६३ प्रतिशत त बिदामा आएर जाने श्रमिकको संख्या मात्र रहेको छ । यो अवधिका रोजगारीका लागि विदेश जाने नयाँ श्रमिकको संख्या ३७ प्रतिशतमात्र रहेको छ ।

गत वर्षको ११ महिनाको तुलनामा चालू आवको सोही अवधिसम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटेको पाइएको छ । बीचको केही समय कोभिड संक्रमण सुस्त भए पनि श्रम गन्तव्यका रोजगारदाताले विदेशी श्रमिकको माग नगर्ने र विभिन्न देशले लागू गरेको स्वास्थ्य मापदण्डका कारण चालू आवको ११ महिना पुग्दासमेत विदेश जानेको संख्या बढन नसकेको हो ।
-कारोबार दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।