महामारीका बीचमा पनि साढे ३ अर्बको चिया निर्यात
काठमाडौँ, १३, असार । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा साढे ३ अर्ब रुपैयाँ बराबरको चिया विदेश निर्यात भएको छ । कोरोना महामारीका बीचमा पनि चियाको कारोबारमा त्यति ठूलो असर नगरेको हो ।चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा। बिष्णु भटट्राइले निषेधाज्ञा र कोभिडको बेलामा पनि ३ अर्ब ५१ करोडको चिया निर्यात भएको बताए ।
राष्ट्रिय किसान आयोगले आयोजना गरेको निषेधाज्ञाका कारण चिया कफि तथा अलैची लगायत नगदेवालीहरुको उत्पादन तथा बजारीकरणमा भएका समस्याहरु र समाधान बिषयक भर्चुअल कार्यक्रममा भट्टराइले जबसम्म चिया र कफीलाई नेतृत्वले हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदैन, तबसम्म यस्को विकास र विस्तार सम्भव नभएको बताए ।
अहिलेको नेतृत्वले चिया तथा कफीलाई धनीमानीले गर्ने पेशाको रुपमा बुझेको उनको भनाई छ । तर, चिया तथा कफी खेती गरिब तथा स–साना किसानको रोजीरोटीको पेशाका रुपमा रहेको कुरा नेतृत्वले नबुझेको भट्टराइले बताए ।
धेरै बर्षदेखि रोकिएको चियाको ट्रेडमार्कलाई कार्यान्वयन गर्न सफल भएको बताए । अन्र्तराष्ट्रिय बजारमा पनि नेपालको चियाको आफ्नै लागोबाट निर्यात गर्न सफल भएको उनले बताए ।