image
image

बाजुरामा सहकारी बैंकको सेवा बिस्तार

काठमाडौँ, १३, असार । राष्ट्रिय सहकारी बैंकले आफ्नो सेवा बाजुरामा पनि संचालन गरेको छ । बाजुराका प्रख्यात सहकारी संस्था त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लि‍‍। बडिमालिका आठ मार्तडी र जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि. बुढिगंगालाई एकैसाथ लगानी गरी आफ्नो सेवा विस्तार गरेको राष्ट्रिय सहकारी बैंक प्रादेशिक कार्यालय धनगढी शाखा प्रमुख कृष्ण रावलले जानकारी दिए ।सहकारी मार्फत सदस्यलाई ब्यवसायिक बनाई समुदायको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले  सहकारी बैंकले पहिलो पटक बाजुरामा सेवा थालनी गरेको  शाखा प्रमुख रावलले बताए ।

प्रथम पटकलाई जिल्लाका दुुई संस्थालाई  शुक्रवार दिउसो पचासरपचास लाख रुपैंया बराबरको चेक दिएर विनाधितो ऋण लगानी गरेको हो । सहकारी संस्था प्रवद्र्धन कार्यक्रम अन्तरगत उक्त ऋण लगानी गरेको त्रिबेणी सहकारी संस्थालिका अध्या अशोक रावलले बताए । एक हजार रुपैंयाको शेयर ,पाँच सय रुपैंया प्रवेश शुल्क गरी जम्मा पन्ध्रसय रुपैंयाँमा जुनसुुकै सहकारी संस्थाले पनि उक्तबैंकको सदस्य बन्न पाउने प्रावधान छ । दुुर्गम तथा पिछडिएको क्षेत्रमा सहकारी बैंकले सहकारी संस्था प्रबद्र्धन गर्न  प्राथमिकतामा राखेको  छ ।

सहकारी संस्थाले  आफ्नै बैंकबाट  सेवा लिन आग्रह पनि गरे । केही महिना भित्र बाजुरामा नयाँ चरणको थप अर्को बित्तीय कार्यक्रम संचालन गर्ने छौं । धनगढी शाखमा हाल ३५० बढी  सहकारी संस्थाहरु उक्त संघको सदस्य रहेका छन् । एक अर्ब भन्दा बढि रकम ऋण लगानी गरेको शाखा प्रमुख रावलले  जानकारी दिए ।आन्तरिक बचत परिचालनबाट शेयर सदस्यको मागलाई धान्न नसकेको अवस्थामा विनाधितो ऋण लगानी गरी सहकारी बैंकले बाजुरामा पनि सेवा विस्तार गरेकोमा खुशी छौं । उक्त रकम सदस्यको माग अनुसार लगानी गरिने छ ।

जुन ब्यबसायका लागि ऋण लगानी गर्छौ, स्वीकृत ब्यवसाय अनुसार लगानी नगरेको पाइएमा सहकारी ऐन नियम अनुसार रकम फिर्ता लिने छौं । लगानी डुबाउन नभई सदस्यलाई ब्यबसायमुखी बनाउने हाम्रो अभियान सफल पार्न सहकारी बैंकले ऋण सहयोग गरेको  हो,’ त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लि का सचिव जनक थापाले  भने । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।