image
image

जेठ २० मा निष्कासन गरेको अपि पावरको हकप्रद शेयरमा  आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १३ असार । जेठ २० गतेदेखि अपि पावरले निष्कासन गरेको हकप्रद शेयर खरिद गर्ने आज अन्तिम दिन हो । कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर ९ गतेसम्म बिक्रि नभएपछि १३ गतेसम्म खरिद गर्ने समय थप गरेको थियो । २९.३८ प्रतिशत हकप्रद शेयर खरिदका लागि आजसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको हकप्रद निष्कासन तथा विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्न बैशाख २९ गते बुक क्लोज गरेको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा १ बराबर ०.२९३८ कित्ताको अनुपातमा सस्थाले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रि गर्न लागेको हो ।

कम्पनीको अनुसार बैशाख २८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।