अपर तामाकोशीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, शेयरमुल्य ८ सय नाघ्यो
काठमाडौं, १३, असार । आज साताको पहिलो दिन ९आइतबार० अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।आज कम्पनीको शेयरमुल्य ९.९३ प्रतिशतले वृद्धि भएको हो । आज कम्पनीको शेयर कारोबार रु ७८२ बाट सुरु भएको हो । यस्तै, कम्पनीको शेयरमुल्य ७४ अंकले बढेर रु. ८१९ पुगेको छ ।









