image
image

जीवन विकास लघुवित्तको आईपीओ भरे १३ लाख बढीले

काठमाडौँ, १३, असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओमा आइतवार साढे १० बजेसम्म १३ लाख १५ हजार ३१० जनाले आवेदन दिएका छन् ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार उनीहरूले २ करोड ३८ लाख ९४० रुपैयाँका लागि  आवेदन दिएका हुन् ।कम्पनीले प्रति शेयर १ सय रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३०० कित्ता शेयर आईपीओ जारी गरेको हो ।

कम्पनीका अनुसार उक्त शेयर कित्तामध्ये ३० हजार ४२० कित्ता ९०.५ प्रतिशत० कर्मचारीहरूलाई र ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बन्द हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।