image
image

ग्रीन लाइफ हाइड्रोको आईपीओ बिक्री खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौँ माघ २३ । आजबाट सर्वसाधारणका लागि ग्रीनलाइफ हाइड्रोपावरले आईपीओ बिक्री खुला गरेको छ । आज माघ २३ बाट खुल्ला गरिएको आईपीओ माघ २७ सम्म आवेदन दिन सकिनेछ ।  न्यूनतम १० कित्ताका दरले बाँडफाँट हुँदा  जम्मा ३ लाख २५ हजार १ सय ६५ जना लगानीकर्ताले मात्र आईपीओ हात पार्ने देखिन्छ । ग्रीनलाईफको आईपीओमा १० कित्ता आवेदन दिए पनि पुग्ने देखिन्छ । 

बिक्री प्रबन्धक बीओके क्यापिटल बाट विक्री हुने ग्रीन लाईफ हाइड्रोपावरको ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिएको छ भने ६९ हजार ९ सय २८ कित्ता सेयर कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ७ सय ८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ 

उक्त कम्पनीको सेयर  प्रतिकित्ता १०० रुपैयाँको दरले किन्न सकिने छ । कम्पनिले जम्मा ३५ लाख ९६ हजार ४ सय कित्ता आईपीओ बिक्री गर्दैछ । कम्पनिले सबै सेयर माघ २७ सम्म विक्री नभए फाल्गुन ७ सम्म विक्री खुल्ला हुने जानकारी दिईएको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।