image
image

शेयर बजारमा २७.१७ अंकको वृद्धि हुँदा दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि  

काठमाडौँ १३ असार  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दिन आज आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से २७.१७ अंकले बढेर दुई हजार ८ सय ७० दशमलब १७ विन्दुमा पुगेको छ ।आज २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३ सय ७७ शेयर ८२ हजार ५५ पटक कारोबार भएको छ । त्यस्तै ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७ सय २८ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका समूहमध्ये पाँच समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सेञ्चुरी कमर्शियल बैंक र अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी रहेका छन्  । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।  

आज गुँरास फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ । यस कम्पनीको आज ४० करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।