करिव २ लाखले लगाए कोरोना विरुद्धको खोप
काठमाडौँ माघ २३ । नेपालमा गत १४ गते बाट कोरोना विरुद्धको खोप सुरु भएको हो । भारतले अनुदानस्वरूप उपलब्द गराएको १० लाख मात्रा उक्त खोप नेपाल भित्रीए सँगै देशका विभिन्न ठाँउ बाट खोप दिन सुरु गरिएको हो । हिजो बिहिबार सम्म नेपालमा एक लाख ५८ हजार ४८७ ले खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश– १ मा २१ हजार ७५४, प्रदेश–२ मा २१ हजार १८५, बागमती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनी प्रदेशमा २३ हजार ७९८, कर्णाली प्रदेशमा आठ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ ले खोप लगाएका छन् ।
पहिलो चरणको खोप अब माघ २४ गते सम्म मात्रै संचालन हुने पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । त्यस्तै सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाला नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचय पत्र लिई आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।