image
image

ग्लोबल आइएमईद्वारा विपत्तीमा परेकालाई नगद सहयोग

काठमाडौँ १३ असार । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई नगद सहयोग गरेको छ । देशका विभिन्न स्थानहरुमा भएको दैविय विपत्तीमा परेका सदस्यहरुलाई लघुवित्तले ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको हो ।

जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरोबाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार तथा कोरोना भाइरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम २६ लाख ४४ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको संस्थाले जनाएको छ ।

संस्थाले हालसम्म १०२ वटा शाखा कार्यालयमार्फत १ लाख २५ हजार ३८४ सदस्यहरुलाई सेवा दिँदै आएको छ । संस्थाको अनुसार ६५ हजार ४३९ जना ऋणी सदस्यहरुलाई करिब ६ अर्ब १५ कर्जा लगानी गरेको छ भने २ अर्ब ६ करोड बचत सकंलन गरेको जनाएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।