'सर्वसाधारणको स्वामित्व बढ्नेगरि टेलिकमको सेयर संरचना परिवर्तन हुनुपर्छ'; संचार मन्त्री गुरुङ
काठमाडौँ माघ २३ । हिजो नेपाल टेलिकमको १७औं वार्षिकोत्सवको कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सेयर संरचना समीक्षा गर्ने बेला आएको बताएका छन्।
उनले हाल कायम रहेको सेयर संरचनालाई समीक्षा गर्दै जनस्वामित्व बढाएर टेलिकमलाई दिगो कम्पनीको रूपमा विकास गर्नुपर्ने कुरामा जोड दिएका छन् । उनले यसका लागि मन्त्रालयसँगै सम्बद्ध सरोकारवाला पक्षले के नीति लिएको छ र योजना के छ भन्ने बारे सोच्ने बेला भएको पनि बताएका थिए ।
अहिले टेलिकमको सेयर स्वामित्व ९१.४९% नेपाल सरकार, ४.५% कर्मचारी, ३.९८% सर्वसाधरण र ०.०३% नागरिक लगानी कोषसँग रहेको छ। टेलिकमले वार्षिक ४५ देखि ५५ % सम्म लाभांश बाँड्दै आएको छ। उक्त कार्यक्रममा मन्त्री गुरुङले लगानीरहित विदेशी साझेदार भित्र्याउन निर्देशन पनि दिएका छन् ।
कार्यक्रममा बोल्दै उनले आवश्यकताअनुसार लगानी नभएर रणनीतिक साझेदार भित्र्याउन मन्त्रालय सहजीकरण गर्न तयार रहेको जानकारी दिए। त्यस्तै दूरसञ्चार क्षेत्रको पूर्वाधार विकासलाई लक्षित गर्दै स्थापना गर्न खोजिएको पूर्वाधार कम्पनी एउटै भएको देख्न चाहेको गुरुङले बताए।